भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

प्रधानमन्त्रीको सचिवालय: गृहमन्त्री अर्यालबारे कसैको दबाबमा निर्णय हुँदैन

प्रधानमन्त्रीको सचिवालय: गृहमन्त्री अर्यालबारे कसैको दबाबमा निर्णय हुँदैन

काठमाडौं, १३ कात्तिक । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई कसैको दबाब वा प्रभावमा पदमुक्त गर्ने कुनै योजना नरहेकाे बताएकाे छ । 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीज्यूको विशुद्ध अधिकारक्षेत्रभित्र पर्दछ । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन ।”

हालै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार बाहिरिएपछि सचिवालयले औपचारिक प्रतिक्रिया दिएको हो । श्रेष्ठका अनुसार, गृहमन्त्री अर्यालले असामान्य र संवेदनशील परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी बहन गर्दै आगामी निर्वाचनको तयारी, शान्ति – सुरक्षा कायम राख्ने कार्य र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न सक्रिय भूमिका निभाइरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै अफवाह नफैलाउन र अपुष्ट समाचारमा विश्वास नगर्न सबै पक्षलाई अनुरोध पनि गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.