भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

१० महिनादेखि वडाध्य क्षबेपत्ता

१० महिनादेखि वडाध्य क्षबेपत्ता

गोरखा । १० महिनादेखि सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेस्वर पोखरेल बेपत्ता बनेका छन्। अध्यक्षको जिम्मेवारी वडा सदस्यलाई दिएर उनी गत जेठमा अमेरिका हानिएका हुन्।

वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर पोखरेल सम्पर्कविहीन भएको भन्दै उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका छन्। उनी माओवादी केन्द्रका कार्यकर्ता हुन्। र, माओवादीबाट वडाध्यक्ष जितेका जनप्रतिनिधि हुन्।

कार्यवाहक वडाध्यक्ष पोखरेलले भने वडाध्यक्ष पोखरेल उपचारको लागि भारत जान्छु भनेर गएको बताए। ​वडाध्यक्षका कारण सेवाप्रवाह र बिकास निर्माणको काममा कुनै पनि बाधा अबरोध नभएको उनको भनाइ छ। तर वडाध्यक्ष पोखरेलले असार मसान्तसम्म उनलाई कार्यवाहक दिएको स्रोतको दाबी छ।

उनको यो अमेरिका भ्रमण दोस्रो पटक हो। पहिलो पटक अमेरिका जाँदा पोखरेलले वडासदस्य रामचन्द्र पोखरेललाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर गएका थिए। सोको जानकारी गाउँपालिकालाई समेत गराएका थिए।

तर, अहिले उनै पोखरेललाई कार्यवाहक दिएको तर सोको जानकारी गाउँपालिकामा नगराएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.