भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

देशभर मौसम सामान्यतया सफा

देशभर मौसम सामान्यतया सफा

काठमाडौँ, ३ मंसिर। देशभर आज मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नदेखिएकाेले अधिकांश भू–भागमा खुला मौसम अनुभव भइरहेको महाशाखाले बताएको हो।

दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।

विशेषगरी कोशी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

देशभर दिनदिनै चिसो बढ्दै गएको महाशाखाले ध्यानाकर्षण गराउँदै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.