भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

‘सोच’ सार्वजनिक: र्यापर सुरेश कुँवरको नयाँ गीत दोलखाका धार्मिक तथा प्राकृतिक स्थलमा छायांकन

‘सोच’ सार्वजनिक: र्यापर सुरेश कुँवरको नयाँ गीत दोलखाका धार्मिक तथा प्राकृतिक स्थलमा छायांकन

काठमाडाैं । र्यापर सुरेश कुँवर (भिलेन–३९) को नयाँ गीत ‘सोच’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । आर एन बी शैलीमा तयार गरिएको यस गीतको शब्द र संगीत स्वयं सुरेश कुँवरकै रहेको छ ।

गीतकाे भिडियो दोलखाका विभिन्न धार्मिक तथा प्राकृतिक स्थलहरूमा च्छो रोल्पा ताल, दुध कुण्ड तथा वरपरका अन्य रमणीय ठाउँमा छायांकन गरिएको हो । ४ हजार ५ सय ८० मिटर उचाइमा अवस्थित च्छो रोल्पा ताल र ४ हजार ७ सय मिटरको पवित्र धार्मिक स्थल दुध कुण्डको सुन्दरताले भिडियोलाई विशेष आकर्षक बनाएको छ । क्यामेराकाे लेन्समा भिडियोलाई लोकेन्द्र सुब्बाले कैद गरेका हुन् भने निर्देशन बिक्रम तिमल्सिनाले गरेका हुन् ।

यसअघि ‘माया’, ‘रातको निन्द्रा’, ‘हामी नेपाली हो’ लगायत थुप्रै गीत सार्वजनिक गरिसकेका सुरेशले ‘सोच’ आफूले फरक भिजन र भावनासहित तयार पारेको बताए । उच्च हिमाली क्षेत्रमै कठिन मेहनतका साथ छायांकन गरिएको भिडियोले पनि पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास उनले लिएका छन् । सुरेशले आगामी दिनमा पनि देशका विविध स्थानमा गएर आफ्ना गीतहरू छायांकन गर्ने योजना बनाइरहेको जानकारी दिए ।

गीतको म्युजिक भिडियो भिलेन–३९ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.