भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

मुस्ताङमा मतदान केन्द्रसम्म पुग्न घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता

मुस्ताङमा मतदान केन्द्रसम्म पुग्न घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता

मुस्ताङ, ४ फागुन । मुस्ताङका कतिपय मतदान केन्द्रहरू सदरमुकाम जोमसोमदेखि १ सय किलोमिटरसम्मको दूरीमा पर्छन । यसबाट मतदातालाई मत हाल्न समस्या हुने देखिएको छ ।

विशेषगरी माथिल्लो मुस्ताङमा पर्ने लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदाताले मतदान गर्न लामो यात्रा गर्नुपर्ने बाध्यता छ । नेपाल–चीन उत्तरी कोरला नाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका ६ को मतदानस्थलमा पुग्न जोमसोमबाट गाडीमै झन्डै ६–७ घण्टा लाग्छ ।

गाडीको सहज पहुँच नपुगेका शाखा सडक र दुर्गम भू–भागका कारण वृद्ध, अपाङ्गता भएका व्यक्ति र महिलाहरूलाई विशेष कठिनाइ हुने स्थानीयको भनाइ छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरू पनि सदरमुकामबाट झन्डै १ सय किलोमिटर दूरीमा छन् ।

कोरला सडकसँग जोडिएका केही ठाउँमा आवतजावत सहज भए पनि धेरैजसो बस्तीबाट मतदान केन्द्रसम्म पुग्न घण्टौँ लाग्ने गर्छ । मतदानपछि मतपेटिका जोमसोम ल्याउन समेत राति अबेरसम्म समय लाग्ने भएकोले सुरक्षा र मतपेटीका व्यवस्थापनमा समेत चुनौती छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका मतदान केन्द्रहरू पनि जोमसोमबाट झन्डै ५० किलोमिटर टाढा छन् । हिमाली भूगोल, चिसो मौसम र लामो दूरीका कारण मतदाताको सहभागितामा असर पर्न सक्ने देखिएको छ ।

जिल्लामा ३९ मतदानस्थल कायम गरिएपनि भौगोलिक विकटता मुख्य चुनौती बनेको छ । मतदान केन्द्र टाढा हुँदा मतदाता सहभागिता घट्ने, विशेष गरी वृद्ध तथा शारीरिक रूपमा अशक्त मतदाताले मतदानबाट वञ्चित हुन सक्ने जोखिम देखिएको छ । रासस