भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि

पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढाइएको हो।

नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। मूल्यवृद्धिसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ। त्यस्तै सुर्खेत र दाङमा पेट्रोल १५५ रुपैयाँ पुगेको छ।

चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ। निगमले अन्तर्राष्ट्रिय बजार मूल्य तथा ढुवानी लागतका आधारमा मूल्य समायोजन गरिएको जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.