भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

नेपाल बार एशोसिएसनको निर्वाचन : आजदेखि मतगणना सुरु

नेपाल बार एशोसिएसनको निर्वाचन : आजदेखि मतगणना सुरु

काठमाडौँ, २५ चैत । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमबारबाट सुरु हुँदै छ। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बारको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार मतदान सम्पन्न भएको थियो। तर, देशभरका मतपेटिका काठमाडौँ ल्याउन ढिलाइ भएकाले मतगणना आजबाट मात्र सुरु गर्न लागिएको हो।

निर्वाचन समितिका अनुसार, आज दिउँसो १२ बजेपछि मतगणना सुरु गर्ने तयारी छ। नेपाल बार एशोसिएसनको भवनमा सात ठाउँमा मतगणना हुने व्यवस्था मिलाइएको छ। अध्यक्षका उम्मेदवार रमण श्रेष्ठले भने, “सबै ३५ वटा मतदान केन्द्रका मतपेटिका संकलन भइसकेका छन्। त्यसैले आज १२ बजेबाट ६/७ ठाउँमा मतगणना सुरु हुन्छ।”

निर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेस – नेकपा एमाले गठबन्धनबाट अध्यक्ष पदमा डा. विजय मिश्र र महासचिवमा केदार प्रसाद कोइराला उम्मेदवार छन्। यता, सत्ता इतर प्यानलबाट नेकपा माओवादी केन्द्र निकट रमण श्रेष्ठ अध्यक्ष पदका र यज्ञमणि न्यौपाने महासचिव पदका उम्मेदवार छन्। शनिबार भएको मतदानमा देशभरका ९,९९७ मतदातामध्ये ७,९९५ जनाले मत खसालेका थिए । जुन कुल मतदाताको करिब ८० प्रतिशत हो ।

सात ठाउँमा एकसाथ मतगणना हुने भएकाले परिणाम छिट्टै आउने अनुमान गरिएको छ। 

 


Thali Mobile Pvt.Ltd.