भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

अमेरिकी सेयर बजारमा गएको पहिरोबारे ट्रम्पको भनाइ के छ ?

अमेरिकी सेयर बजारमा गएको पहिरोबारे ट्रम्पको भनाइ के छ ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमाथि पारस्परिक कर (रेसिप्रोकल ट्यारिफ) लगाउने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा लगातार गिरावट देखिएको छ। यो नीति लागू भएयता बजारमा ठूलो अस्थिरता देखिएको छ, जसले विश्वभरका लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ।

ट्रम्पले सेयर बजारमा देखिएको त्रासलाई लिएर हालै मिडियासँग कुरा गर्दै भने, “म केही पनि बिग्रियोस् भन्ने चाहन्न, तर कहिलेकाहीँ चीजहरू ठिक गर्न औषधि खानुपर्छ।” उनले आफ्नो यो नीतिलाई एक प्रकारको ‘आर्थिक औषधि’ को संज्ञा दिँदै यसले दीर्घकालमा अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने दाबी गरे। ट्रम्पको भनाइ छ, “यो छोटो अवधिको पीडा हो, जसले अमेरिकालाई फेरि महान बनाउनेछ।”

ट्रम्पको घोषणापछि चीन, भारत, पाकिस्तानलगायतका देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त भन्सार महसुल लागू भएको छ। यो नीति कार्यान्वयनले सेयर बजारमा ठूलो पहिरो निम्त्याएको छ। अर्थशास्त्रीहरूले यो कदमले विश्व व्यापार संरचनामा ठूलो परिवर्तन ल्याउने र अमेरिकी अर्थतन्त्रलाई मन्दीतिर धकेल्न सक्ने चेतावनी दिएका छन्। लगानीकर्ताहरूले ठूलो परिमाणमा शेयर बिक्री गरेपछि बजारमा अस्थिरता बढेको छ।

ट्रम्पले आफ्नो नीतिलाई बचाउ गर्दै भनेका छन्, “यो कदमले अमेरिकामा रोजगारी र लगानी फिर्ता ल्याइरहेको छ। संसारले चाँडै नै अमेरिकालाई नराम्रो व्यवहार गर्न बन्द गर्नेछ।” उनले आफ्नो ट्यारिफ नीतिले अमेरिकी उत्पादनलाई प्रोत्साहन गर्ने र विदेशी कम्पनीहरूलाई अमेरिकामा कारखाना खोल्न बाध्य पार्ने विश्वास व्यक्त गरेका छन्। तर, बजार विश्लेषकहरूले यो नीतिले अमेरिकी उपभोक्ताहरूका लागि सामानको मूल्यवृद्धि हुने र व्यापार युद्ध तीव्र हुने जोखिम रहेको बताइरहेका छन्।

पछिल्लाे तथ्याङ्कअनुसार, ट्रम्पको ट्यारिफ नीतिपछि अमेरिकी सेयर बजारमा ठूलो गिरावट देखिएको छ। विश्वभरका नेताहरूले यो कदमको आलोचना गरेका छन् भने केही देशहरूले जवाफी ट्यारिफको तयारी गरिरहेका छन्। ट्रम्पले भने यो अस्थायी अस्थिरतालाई ‘आवश्यक संक्रमण’ को रूपमा व्याख्या गर्दै आफ्नो अडानमा कुनै परिवर्तन नगर्ने संकेत दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.