भर्खरै : Sorry, your browser does not support inline SVG.

वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो

वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो

काठमाडौँ, ८ असार । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले वृद्धि भएको छ।

भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७८ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ थियो। यस अवधिमा वस्तु आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने निर्यात १२.२८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

आयातको तुलनामा निर्यातको वृद्धि कम भएकाले व्यापार घाटा अझै विस्तार भएको छ। ११ महिनामा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ।

विशेष कुरा के छ भने चालू आर्थिक वर्षको ११ महिनामै कुल वैदेशिक व्यापारको आकारले इतिहासकै उच्च रेकर्ड कायम गरेको छ। यसअघि आर्थिक वर्ष २०७८/७९ मा वार्षिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ थियो। निर्यात पनि अहिलेसम्मकै उच्च स्तरमा पुगेको विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.