भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर ५५ डेंगु संक्रमित, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित | वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो | खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर | राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी | सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा | रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा |

खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर

खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर

काठमाडौं, ७ असार । सरकारले समयमै खरिद प्रक्रिया अघि नबढाउँदा देशभर एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव देखिएको छ।

विश्वव्यापी मूल्यवृद्धि, दररेट समायोजनमा ढिलाइ र पश्चिम एसियाको तनावपूर्ण अवस्थाका कारण करिब ५ लाख भायल खोपको खरिद प्रक्रिया प्रभावित भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

कुकुर, बाँदरलगायत जनावरले टोकेपछि लगाइने रेबिजविरुद्धको खोप जीवनरक्षक मानिन्छ। चिकित्सकहरूले सम्भावित संक्रमण रोक्न सकेसम्म छिटो खोप लगाउनुपर्ने सुझाव दिँदै आएका छन्।

मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारीका अनुसार पुरानो दररेटमा खोप खरिद सम्भव नभएकाले नयाँ मूल्यअनुसार टेन्डर प्रक्रिया अगाडि बढाउन समय लागेको हो।

उनका अनुसार करिब ५ लाख भायल एआरभी खोप खरिदको टेन्डर अन्तिम चरणमा पुगेको भए पनि आपूर्ति अझै सुरु भएको छैन। हालको अभाव व्यवस्थापन गर्न सरकारले विश्व स्वास्थ्य संगठनसँग समन्वय गरी आकस्मिक रूपमा खोप उपलब्ध गराइरहेको जनाएको छ।

आइतबार मात्र ४ हजार ५ सय भायल एन्टिरेबिज खोप नेपाल भित्रिएको र त्यसले सीमित अवधिसम्मको आवश्यकता धान्ने अपेक्षा गरिएको छ। मन्त्रालयले असार १६ गतेभित्र खरिद सम्झौता प्रक्रिया टुंग्याई थप खोप आपूर्ति सुरु गर्ने लक्ष्य राखेको छ।

आगामी आर्थिक वर्षमा रेबिजविरुद्धको खोप अभाव हुन नदिने गरी आवश्यक तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ। साथै, अत्यावश्यक औषधिको आपूर्तिमा देखिने समस्या समाधान गर्न सार्वजनिक खरिद प्रक्रियालाई थप प्रभावकारी बनाउने कानुनी सुधारको काम समेत अघि बढाइएको मन्त्रालयको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.