भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पदयात्रुका लागि सरकारको चेतावनी : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पदयात्रुका लागि सरकारको चेतावनी : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १० कार्तिक । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रा वा भ्रमणमा निस्कनुअघि मौसमबारे अनिवार्य जानकारी लिन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने दैनिक मौसम पूर्वानुमान र ‘अलर्ट’हरू ध्यानपूर्वक हेर्न सुझाव दिएको हो।

प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ “पदयात्रामा जाँदा आवश्यक पूर्वतयारी, उचित सामग्री, समूहमा यात्रा र मौसमको अवस्थाबारे जानकारी लिनु अत्यावश्यक छ। लेक लाग्ने लक्षण देखिएमा तुरुन्त यात्रा रोकी तल झर्नु र उपचार प्रक्रियामा लाग्नुपर्छ।”

पछिल्ला दुई दिन अर्थात् कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा चार जनाको मृत्यु भएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने जनाएको छ।

विभागका अनुसार बङ्गालको खाडी र अरब सागरमा बनेका दुई वटा न्यून चापीय प्रणालीहरूका कारण आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात बढ्ने सम्भावना छ। सो सम्बन्धमा विभागले सूक्ष्म विश्लेषण गरिरहेको र छिट्टै विस्तृत पूर्वानुमान सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिइएको छ।

प्राधिकरणले यात्रु र पदयात्रीहरूलाई विशेष सावधानी अपनाउन, आवश्यक सामग्री बोक्न, यात्रा योजना परिवार वा सम्बन्धित निकायसँग साझा गर्न र आपत् व्यवस्थापनका जानकारी सधैं साथ राख्न समेत अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.