भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जात्रा मनाउन बैतडीको शिवनाथ गाउँपालिकाले चार दिन सार्वजनिक बिदा घोषणा

जात्रा मनाउन बैतडीको शिवनाथ गाउँपालिकाले चार दिन सार्वजनिक बिदा घोषणा

काठमाडौँ, १० कार्तिक । बैतडीको शिवनाथ गाउँपालिकाले स्थानीय जात्राको अवसरमा चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयअनुसार कात्तिक ११ र १२ गते, प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा, तथा कात्तिक १८ र १९ गते देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राका दिन बिदा दिने जनाइएको छ।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार, यी मन्दिरहरूमा लाग्ने मेलामा नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट पनि दर्शनार्थीहरू आउने भएकाले स्थानीयलाई सहजताका लागि बिदा दिने निर्णय गरिएको हो।

शिवनाथ मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन विशेष जात्रा र मेलाको आयोजना हुने परम्परा रहिआएको छ। यस अवसरमा धार्मिक पूजाआजा, सांस्कृतिक कार्यक्रम र व्यापारिक मेला समेत आयोजना गरिने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.