भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

जात्रा मनाउन बैतडीको शिवनाथ गाउँपालिकाले चार दिन सार्वजनिक बिदा घोषणा

जात्रा मनाउन बैतडीको शिवनाथ गाउँपालिकाले चार दिन सार्वजनिक बिदा घोषणा

काठमाडौँ, १० कार्तिक । बैतडीको शिवनाथ गाउँपालिकाले स्थानीय जात्राको अवसरमा चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयअनुसार कात्तिक ११ र १२ गते, प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा, तथा कात्तिक १८ र १९ गते देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राका दिन बिदा दिने जनाइएको छ।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार, यी मन्दिरहरूमा लाग्ने मेलामा नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट पनि दर्शनार्थीहरू आउने भएकाले स्थानीयलाई सहजताका लागि बिदा दिने निर्णय गरिएको हो।

शिवनाथ मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन विशेष जात्रा र मेलाको आयोजना हुने परम्परा रहिआएको छ। यस अवसरमा धार्मिक पूजाआजा, सांस्कृतिक कार्यक्रम र व्यापारिक मेला समेत आयोजना गरिने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.