भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

आगामी तीन दिन मुख्य नदीहरुमा पानी बढ्ने, स–साना नदीमा आकस्मिक बाढीको खतरा

आगामी तीन दिन मुख्य नदीहरुमा पानी बढ्ने, स–साना नदीमा आकस्मिक बाढीको खतरा

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरुमा जलसतह बढ्ने र स–साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

शुक्रबार बिहान ८ बजे जारी गरिएको बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनीहरुको सहायक नदीहरु तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।

तर आगामी २४ देखि ७२ घण्टासम्मको पूर्वानुमान अनुसार केही मुख्य नदीमा उल्लेख्य जलसतह बढ्ने देखिएको छ। कोशी जलाधारअन्तर्गत सुनकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा आज सामान्य वृद्धि देखिए पनि भोलि र पर्सि उल्लेख्य बढ्ने अनुमान गरिएको छ।

नारायणी जलाधारका नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा आगामी तीन दिन जलसतह उल्लेख्य बढ्ने सम्भावना छ। कर्णाली र महाकाली जलाधारका नदीहरुमा आज र भोलि सामान्य वृद्धि देखिए पनि पर्सि उल्लेख्य बढ्ने प्रक्षेपण गरिएको छ।

अन्य नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती र पश्चिम राप्तीमा आगामी तीन दिन उल्लेख्य जलसतह बढ्ने अनुमान छ भने बबईमा आज सामान्य वृद्धि र भोलि तथा पर्सि उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ।

स–साना नदीहरुमा पनि जोखिम बढ्ने महाशाखाले जनाएको छ। ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बागलुङ, मनाङ, गोर्खा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया लगायतका जिल्लामा बहने स–साना नदीमा आज बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको छ।

त्यसैगरी, इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला र कंचनपुरमा बहने स–साना नदीमा पनि आकस्मिक बाढीको जोखिम मध्यम रहने अनुमान छ।

भोलि र पर्सि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स–साना नदीमा बहाव आकस्मिक रुपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले नदी किनारका बासिन्दा र तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.