भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारी वर्षाको चेतावनीसहित काठमाडौं प्रशासनद्वारा रातिको समयमा यात्रा नगर्न आग्रह

भारी वर्षाको चेतावनीसहित काठमाडौं प्रशासनद्वारा रातिको समयमा यात्रा नगर्न आग्रह

काठमाडौं, १७ असोज । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आगामी केही दिनहरूमा सम्भावित भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । असोज १७ गतेदेखि २० गतेसम्म देशभर, विशेषगरी जोखिमयुक्त क्षेत्रमा बाढी, पहिरो तथा भू–क्षयको सम्भावना रहेकाले प्रशासनले अनावश्यक यात्रा नगर्न सुझाव दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम नभएमा लामो दूरीको यात्रा नगर्न र विशेष गरी रातिको समयमा काठमाडौँबाट बाहिरिने वा बाहिरबाट काठमाडौँ प्रवेश गर्ने यात्रुहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ । रातिमा यात्रा गर्दा संभावित जोखिम झनै बढ्ने भएकाले सकभर दिनको समयमा यात्रा गर्न प्रशासनको आग्रह छ । साथै, कुनै पनि विपद् वा आकस्मिक अवस्थाको खण्डमा तत्काल उद्धार, राहत र सहयोगका लागि सम्पर्क गर्न सकिने आपतकालीन नम्बरहरू समेत प्रशासनले सार्वजनिक गरेको छ ।

त्यसैगरी नेपाल सरकारले पनि मौसमसम्बन्धी जानकारीमा नियमित अपडेट लिन र सुरक्षित स्थानमा बस्न समेत अनुरोध गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.