भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

भारी वर्षाको चेतावनीसहित काठमाडौं प्रशासनद्वारा रातिको समयमा यात्रा नगर्न आग्रह

भारी वर्षाको चेतावनीसहित काठमाडौं प्रशासनद्वारा रातिको समयमा यात्रा नगर्न आग्रह

काठमाडौं, १७ असोज । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आगामी केही दिनहरूमा सम्भावित भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । असोज १७ गतेदेखि २० गतेसम्म देशभर, विशेषगरी जोखिमयुक्त क्षेत्रमा बाढी, पहिरो तथा भू–क्षयको सम्भावना रहेकाले प्रशासनले अनावश्यक यात्रा नगर्न सुझाव दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम नभएमा लामो दूरीको यात्रा नगर्न र विशेष गरी रातिको समयमा काठमाडौँबाट बाहिरिने वा बाहिरबाट काठमाडौँ प्रवेश गर्ने यात्रुहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ । रातिमा यात्रा गर्दा संभावित जोखिम झनै बढ्ने भएकाले सकभर दिनको समयमा यात्रा गर्न प्रशासनको आग्रह छ । साथै, कुनै पनि विपद् वा आकस्मिक अवस्थाको खण्डमा तत्काल उद्धार, राहत र सहयोगका लागि सम्पर्क गर्न सकिने आपतकालीन नम्बरहरू समेत प्रशासनले सार्वजनिक गरेको छ ।

त्यसैगरी नेपाल सरकारले पनि मौसमसम्बन्धी जानकारीमा नियमित अपडेट लिन र सुरक्षित स्थानमा बस्न समेत अनुरोध गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.