भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

राजनीतिक दलले शुल्क तिरेर मतदाता विवरण लिन पाउने

राजनीतिक दलले शुल्क तिरेर मतदाता विवरण लिन पाउने

काठमाण्डौ, २५ पुष । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई आवश्यक परेमा देशभरका मतदाताको विवरण निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ ।

आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरको मतदाता नामावली १० हजार रुपैयाँ शुल्क तिरेर लिन सकिनेछ । उक्त विवरण निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको औपचारिक पत्रका आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण विद्युतीय माध्यमबाट उपलब्ध गराउने जनाएको छ । सो विवरण हार्डड्राइभ वा पेनड्राइभमार्फत प्रदान गरिनेछ । यदि कुनै दललाई एउटै प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा पाँच हजार रुपैयाँ शुल्क तिरेर लिन सकिनेछ ।

साथै निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्ने व्यवस्था गरिएको छ ।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न सक्नेछन् भने फोटोबाहेकको मतदाता नामावली जोसुकैले पनि हेर्न सक्ने व्यवस्था गरिएको छ । यससम्बन्धी जानकारी मतदाता, राजनीतिक दल र उम्मेदवारलाई दिनुपर्ने आयोगले जनाएको छ ।

कुनै मतदाताले आफ्नो नाम समेटिएको मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिई सो मतदाताको मात्र विवरण आउनेगरी नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । यद्यपि विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकता विवरण भने समावेश गरिने छैन ।

 


Thali Mobile Pvt.Ltd.