भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

देशभर प्रि–मनसुन सक्रिय, आइतबार धेरै ठाउँमा पानी पर्ने सम्भावना

देशभर प्रि–मनसुन सक्रिय, आइतबार धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ । देशभर प्रि–मनसुन प्रणाली सक्रिय भइरहेकाले आइतबार देशका धेरै भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो। साथै, केही स्थानहरूमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार प्रि–मनसुनी प्रणाली अझै केही दिन सक्रिय रहने भएकाले दैनिक मौसम परिवर्तनको प्रभाव देशका अधिकांश भूभागमा देखिनेछ। मौसमको यस्तो अवस्था विशेष गरी कृषक, यात्रु र उडान सेवालाई असर पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.