भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

अमेरिकामा शक्तिशाली आँधी: केन्टुकी र मिसौरीमा कम्तीमा २५ जनाको मृत्यु

अमेरिकामा शक्तिशाली आँधी: केन्टुकी र मिसौरीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी ।  अमेरिकाका दुई राज्य केन्टुकी र मिसौरीमा आएको शक्तिशाली आँधीका कारण हालसम्म कम्तीमा २५ जनाको ज्यान गएको छ। आँधीका कारण लाखौं मानिस प्रभावित भएका छन् भने हजारौं घरमा क्षति पुगेको छ।

केन्टुकी राज्यका गभर्नर एन्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै केन्टुकीमा मात्र १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मिसौरी राज्यमा थप सात जनाको मृत्यु भएको बताइएको छ।

केन्टुकीको दक्षिणपूर्वी क्षेत्र लरेल काउन्टीमा शनिबार बिहान स्थानीय समयअनुसार आँधीबेहरी आएको थियो। स्थानीय अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

मिसौरीमा शुक्रबार आएको आँधीका कारण ५ हजारभन्दा बढी घर र संरचनामा क्षति पुगेको बताइएको छ। घरका छाना उडेका छन्, र कैयौं स्थानमा विद्युत् सेवा अवरुद्ध बनेको छ।

सेन्ट लुइस क्षेत्रमा मात्रै एक लाखभन्दा बढी घरधुरी विद्युत् कटौतीको चपेटामा परेका छन्। प्रभावित क्षेत्रका घरहरूमा अग्नि नियन्त्रण विभाग र उद्धार टोलीहरूले निरीक्षण गरिरहेका छन्। अमेरिकी मौसम विभागले आगामी दिनहरूमा अझै आँधीको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

 


Thali Mobile Pvt.Ltd.