भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतबाट उद्धार गरिएका १६ बालबालिकालाई परिवारको संरक्षणमा लगाइयो

भारतबाट उद्धार गरिएका १६ बालबालिकालाई परिवारको संरक्षणमा लगाइयो

मुख्य बुँदा 

भारतका विभिन्न राज्यमा जोखिमपूर्ण परिस्थितिमा रहेका १६ बालबालिकाहरू उद्धार

मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा अभिभावकलाई जिम्मा लगाइयो

उद्धारमा भारतीय प्रहरी र “किन इन्डिया” संस्थाको सहयोग

बालबालिकाहरू मधेसका महोत्तरी, धनुषा, सिराहा, रौतहट र सप्तरी जिल्लाका

उमेर ९–१७ वर्ष, राष्ट्रिय बालअधिकार परिषद्को निगरानीमा प्रक्रिया सम्पन्न

काठमाडौँ, १४ कार्तिक । भारतका विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरी आज उनीहरूको परिवारलाई जिम्मा लगाइएको छ ।

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा बालबालिकालाई परिवारको जिम्मा लगाइएको हो । उनीहरू भारतको मुम्बई, दिल्ली र विहारस्थित जोखिमपूर्ण परिस्थितिबाट उद्धार गरिएको थियो ।

बालबालिकाहरूको उद्धारमा भारतीय प्रहरीले सहयोग प्रदान गरेको थियो भने “किन इन्डिया” नामक संस्थाले सबै प्रक्रिया पुरा गरेको थियो ।

त्यसपछि मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा बालबालिकाको अभिभावकहरूलाई जिम्मा लगाइएको राष्ट्रिय बालअधिकार परिषद्को मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव कुमार महतोले जानकारी दिएका छन् ।

उद्धार गरिएका बालबालिकाहरू मधेस प्रदेशका महोत्तरी, धनुषा, सिराहा, रौतहट तथा सप्तरी जिल्लाका हुन् । उनीहरूको उमेर ९ वर्षदेखि १७ वर्षसम्म रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.