भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भारतबाट उद्धार गरिएका १६ बालबालिकालाई परिवारको संरक्षणमा लगाइयो

भारतबाट उद्धार गरिएका १६ बालबालिकालाई परिवारको संरक्षणमा लगाइयो

मुख्य बुँदा 

भारतका विभिन्न राज्यमा जोखिमपूर्ण परिस्थितिमा रहेका १६ बालबालिकाहरू उद्धार

मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा अभिभावकलाई जिम्मा लगाइयो

उद्धारमा भारतीय प्रहरी र “किन इन्डिया” संस्थाको सहयोग

बालबालिकाहरू मधेसका महोत्तरी, धनुषा, सिराहा, रौतहट र सप्तरी जिल्लाका

उमेर ९–१७ वर्ष, राष्ट्रिय बालअधिकार परिषद्को निगरानीमा प्रक्रिया सम्पन्न

काठमाडौँ, १४ कार्तिक । भारतका विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरी आज उनीहरूको परिवारलाई जिम्मा लगाइएको छ ।

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा बालबालिकालाई परिवारको जिम्मा लगाइएको हो । उनीहरू भारतको मुम्बई, दिल्ली र विहारस्थित जोखिमपूर्ण परिस्थितिबाट उद्धार गरिएको थियो ।

बालबालिकाहरूको उद्धारमा भारतीय प्रहरीले सहयोग प्रदान गरेको थियो भने “किन इन्डिया” नामक संस्थाले सबै प्रक्रिया पुरा गरेको थियो ।

त्यसपछि मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा बालबालिकाको अभिभावकहरूलाई जिम्मा लगाइएको राष्ट्रिय बालअधिकार परिषद्को मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव कुमार महतोले जानकारी दिएका छन् ।

उद्धार गरिएका बालबालिकाहरू मधेस प्रदेशका महोत्तरी, धनुषा, सिराहा, रौतहट तथा सप्तरी जिल्लाका हुन् । उनीहरूको उमेर ९ वर्षदेखि १७ वर्षसम्म रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.