भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चितवनमा ठेक्का उल्लङ्घन गर्ने निर्माण व्यवसायीलाई कारबाहीको चेतावनी

चितवनमा ठेक्का उल्लङ्घन गर्ने निर्माण व्यवसायीलाई कारबाहीको चेतावनी

मुख्य बुँदा 

सहरी विकास तथा भवन निर्माण विभागले चितवनका निर्माण व्यवसायीलाई कारबाही चेतावनी

ठेक्का सम्झौता अनुसार तोकिएको समयभित्र काम नगर्ने व्यवसायीलाई कारबाही अघि बढाइने

व्यवसायीलाई १५ कार्यदिन भित्र लिखित जवाफसहित उपस्थित हुन सूचित

प्रभावित परियोजना: पोखरी, पार्क, हाटबजार निर्माण, रामग्राम हाटबजार सुधार, रत्ननगर सभहल

सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम कारबाही प्रक्रिया

काठमाडौँ, १४ कार्तिक । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाले चितवनका विभिन्न ठेक्का सम्झौताको सर्त उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आयोजनाले सूचना प्रकाशित गर्दै भनेको छ कि विभिन्न निर्माण कार्यहरूको ठेक्का लिएर तोकिएको समयभित्र काम सम्पन्न नगर्ने व्यवसायीहरूलाई कारबाही गरिनेछ।

सूचनामा भनिएको छ: “निर्माण कार्य गर्न सम्झौता गरी तोकिएको समयभित्र कार्य सम्पन्न नगरेको हुँदा बारम्बार लिखित तथा मौखिक निर्देशन दिँदा समेत तदारुकता नदेखाएकोले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौताको सर्त बमोजिम कारबाही अघि बढाइने छ। यदि ठेक्का नतोड्ने कुनै मनासिब कारण छ भने १५ कार्यदिन भित्र लिखित रूपमा स्पष्ट जवाफसहित उपस्थित हुन अनुरोध गरिन्छ।”

चितवन जिल्ला भरतपुर महानगरपालिका अन्तर्गतका विभिन्न पोखरी, पार्क, हाटबजार निर्माण कार्य, रामग्राम नगरपालिका वडा नं. २ स्थित हाटबजार सुधार कार्य र रत्ननगर सभहल निर्माणमा विलम्ब भएको उल्लेख गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.