भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

चितवनमा ठेक्का उल्लङ्घन गर्ने निर्माण व्यवसायीलाई कारबाहीको चेतावनी

चितवनमा ठेक्का उल्लङ्घन गर्ने निर्माण व्यवसायीलाई कारबाहीको चेतावनी

मुख्य बुँदा 

सहरी विकास तथा भवन निर्माण विभागले चितवनका निर्माण व्यवसायीलाई कारबाही चेतावनी

ठेक्का सम्झौता अनुसार तोकिएको समयभित्र काम नगर्ने व्यवसायीलाई कारबाही अघि बढाइने

व्यवसायीलाई १५ कार्यदिन भित्र लिखित जवाफसहित उपस्थित हुन सूचित

प्रभावित परियोजना: पोखरी, पार्क, हाटबजार निर्माण, रामग्राम हाटबजार सुधार, रत्ननगर सभहल

सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम कारबाही प्रक्रिया

काठमाडौँ, १४ कार्तिक । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाले चितवनका विभिन्न ठेक्का सम्झौताको सर्त उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आयोजनाले सूचना प्रकाशित गर्दै भनेको छ कि विभिन्न निर्माण कार्यहरूको ठेक्का लिएर तोकिएको समयभित्र काम सम्पन्न नगर्ने व्यवसायीहरूलाई कारबाही गरिनेछ।

सूचनामा भनिएको छ: “निर्माण कार्य गर्न सम्झौता गरी तोकिएको समयभित्र कार्य सम्पन्न नगरेको हुँदा बारम्बार लिखित तथा मौखिक निर्देशन दिँदा समेत तदारुकता नदेखाएकोले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौताको सर्त बमोजिम कारबाही अघि बढाइने छ। यदि ठेक्का नतोड्ने कुनै मनासिब कारण छ भने १५ कार्यदिन भित्र लिखित रूपमा स्पष्ट जवाफसहित उपस्थित हुन अनुरोध गरिन्छ।”

चितवन जिल्ला भरतपुर महानगरपालिका अन्तर्गतका विभिन्न पोखरी, पार्क, हाटबजार निर्माण कार्य, रामग्राम नगरपालिका वडा नं. २ स्थित हाटबजार सुधार कार्य र रत्ननगर सभहल निर्माणमा विलम्ब भएको उल्लेख गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.