भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काउली र सागको मूल्य घट्यो

काउली र सागको मूल्य घट्यो

काठमाडौं । कालीमाटी होलसेल बजारमा केही दिनयता काउली र साग सस्तिएको छ । अघिल्लो दिन रायो साग प्रतिकिलो अधिकतम ७० रुपैयाँ रहेकोमा आज बिहीबार ६० मा झरेको छ । तिहारअघि १ सय रुपैयाँमाथि कारोबार भएको थियो । पालुंगो साग अघिल्लो दिन प्रतिकिलो १०० रुपैयाँ रहेकोमा आज ७० मा झरेको छ ।

त्यस्तै स्थानीय काउली पनि घटेको छ । अघिल्लो दिन १०० रुपैयाँ रहेको काउली यस दिन ७० रुपैयाँमा झरेको छ । कालीमाटीमा साग र काउलीको आपूर्ति बढेसँगै मूल्य घटेको हो । प्याज १२५ रुपैयाँ किलो रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार ठूलो गोलभेँडा १००, सानो गोलभेँडा अधिकतम प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएको छ । रातो आलु प्रतिकिलो ८० रुपैयाँ छ । त्यस्तै डल्लो भन्टा ७०, लाम्चो भन्टा ५०, मटरकोशा १५०, तने बोडी १२०, घिउ सिमी ६०, टाटे सिमी १००, तिते करेला अधिकतम ७० रुपैयाँ छ ।

चिचिन्डो र घिरौंला अघिल्लो दिनको तुलनामा प्रतिकिलो १० रुपैयाँ सस्तिएको छ । चिचिण्डो ४० तथा घिरौंला ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

 


Thali Mobile Pvt.Ltd.