भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काउली र सागको मूल्य घट्यो

काउली र सागको मूल्य घट्यो

काठमाडौं । कालीमाटी होलसेल बजारमा केही दिनयता काउली र साग सस्तिएको छ । अघिल्लो दिन रायो साग प्रतिकिलो अधिकतम ७० रुपैयाँ रहेकोमा आज बिहीबार ६० मा झरेको छ । तिहारअघि १ सय रुपैयाँमाथि कारोबार भएको थियो । पालुंगो साग अघिल्लो दिन प्रतिकिलो १०० रुपैयाँ रहेकोमा आज ७० मा झरेको छ ।

त्यस्तै स्थानीय काउली पनि घटेको छ । अघिल्लो दिन १०० रुपैयाँ रहेको काउली यस दिन ७० रुपैयाँमा झरेको छ । कालीमाटीमा साग र काउलीको आपूर्ति बढेसँगै मूल्य घटेको हो । प्याज १२५ रुपैयाँ किलो रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार ठूलो गोलभेँडा १००, सानो गोलभेँडा अधिकतम प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएको छ । रातो आलु प्रतिकिलो ८० रुपैयाँ छ । त्यस्तै डल्लो भन्टा ७०, लाम्चो भन्टा ५०, मटरकोशा १५०, तने बोडी १२०, घिउ सिमी ६०, टाटे सिमी १००, तिते करेला अधिकतम ७० रुपैयाँ छ ।

चिचिन्डो र घिरौंला अघिल्लो दिनको तुलनामा प्रतिकिलो १० रुपैयाँ सस्तिएको छ । चिचिण्डो ४० तथा घिरौंला ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

 


Thali Mobile Pvt.Ltd.