भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

धार्के सितापाईला सडक भोलिदेखि पन्ध्र दिन बन्द

धार्के सितापाईला सडक भोलिदेखि पन्ध्र दिन बन्द

धादिङ । निर्माणाधीन अवस्थामा रहेको धार्के सितापाईला सडक खण्ड भोलिदेखि पन्ध्र दिनको लागी बन्द हुने भएको छ । सडकमा कालो पत्रे गर्न बाँकी रहेको स्थानमा भोलीबाट कालोपत्रे सुरु गरिने भएकोले सो सडक बन्द गर्ने भएको हो ।

डिभिजन सडक कार्यालय नुवाकोटले सूचना जारी गर्दै अत्यावश्यक सवारीका साधन एम्बुलेन्स, प्रहरी भेन, दमकलबाहेक सबै सवारी बन्द गरिने भएको हो । सो सडक भएर राजधानी प्रवेशका लागी आउने सवारीका साधनहरूलाई वैकल्पिक सडकको प्रयोगका लागी जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।

काठमाडौँ प्रवेश गर्न वैकल्पिक सडकको रूपमा धाके–नौविसो–नाग ढुङ्गा सडक र गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई आग्रह गरेका छन् ।

पछिल्लो समय त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको बिग्रँदो अवस्थाका कारण सो सडकमा सवारी चाप समेत अत्याधिक बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.