भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धार्के सितापाईला सडक भोलिदेखि पन्ध्र दिन बन्द

धार्के सितापाईला सडक भोलिदेखि पन्ध्र दिन बन्द

धादिङ । निर्माणाधीन अवस्थामा रहेको धार्के सितापाईला सडक खण्ड भोलिदेखि पन्ध्र दिनको लागी बन्द हुने भएको छ । सडकमा कालो पत्रे गर्न बाँकी रहेको स्थानमा भोलीबाट कालोपत्रे सुरु गरिने भएकोले सो सडक बन्द गर्ने भएको हो ।

डिभिजन सडक कार्यालय नुवाकोटले सूचना जारी गर्दै अत्यावश्यक सवारीका साधन एम्बुलेन्स, प्रहरी भेन, दमकलबाहेक सबै सवारी बन्द गरिने भएको हो । सो सडक भएर राजधानी प्रवेशका लागी आउने सवारीका साधनहरूलाई वैकल्पिक सडकको प्रयोगका लागी जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।

काठमाडौँ प्रवेश गर्न वैकल्पिक सडकको रूपमा धाके–नौविसो–नाग ढुङ्गा सडक र गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई आग्रह गरेका छन् ।

पछिल्लो समय त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको बिग्रँदो अवस्थाका कारण सो सडकमा सवारी चाप समेत अत्याधिक बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.