भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । यस्तै, नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा राष्ट्रिय सभागृहमा अर्को कार्यक्रम पनि हुँदैछ ।

यी दुवै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताए ।

सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितता भएको दाबीसमेत गरेका छन् । सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको ओलीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.