भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । यस्तै, नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा राष्ट्रिय सभागृहमा अर्को कार्यक्रम पनि हुँदैछ ।

यी दुवै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताए ।

सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितता भएको दाबीसमेत गरेका छन् । सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको ओलीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.