काठमाडौं । आफ्नाविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने भन्दै हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् ।एक सन्देश पठाउँदै उनले भने, ‘म चाहिँ नागरिकले दुःख नपाउन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनी मेराविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने ? यसरी एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नाङ्गो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायलयमा पनि चल्छ भन्दै खुलमखुला तर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ।’
लामिछानेको सन्देश
केही मिडियाले संगठित रुपमा आक्रमण गरेको खबर रवि दाइले जानकारीमा राख्नु भएको छ । हिरासत बाहिर हुँदा उहाँले हरेक ‘फेक’ तथा ‘मिस लिडिङ’ न्यूजको तथ्य र प्रमाणसहित जवाफ दिँदै आउनु भएको थियो। प्रेसमिट समेत गरेर प्रश्नहरुको सामना तथा सवालहरुको सप्रमाण जवाफ दिनुभएको थियो । अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेर, छेकेर राखिएको छ।
यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन । पटकपटक गलत समाचार लेखेर माफी माग्दै आएकाहरुलाई जवाफ दिन होइन उहाँ आमनागरिकलाई भ्रम नपरोस् भन्नेमा चिन्तित हुनुहुन्छ।
जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न मिल्छ ? जिल्ला सरहकारी वकीलको कार्यालय, रुपन्देहीको नियत संगठित ‘मिडिया ट्रायल’लाई सघाउने होरु सिंगो राज्य संयन्त्र र केही मिडिया उहाँविरुद्ध कसरी लागेका छन् भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला१ उहाँले हस्ताक्षर गरेका चेकबारे दिएको जवाफ भनी उहाँकै जवाफलाई तोडमोड गरी अझ एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बङ्ग्याएर आममानिसमा भ्रम छर्ने काम कायरताको पराकाष्ठा हो। हातखुट्टा बाँधेर, मुख थुनेर, खोरभित्र कोचेर, खोर बाहिरबाट ढुंगा हान्ने तहको कायरता उहाँले कल्पना नै गर्नुभएको छैन।
हिरासत कक्षमा
‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई÷तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ। सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो । काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो।’ ‘मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रष्ट रुपमा भनेको थिएँ।
सहकारीबाट ऋण लिने कुनै निर्णय कम्पनीले गरेको छैन। कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिवी राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन् । उनको निर्देशनमा कुनै चेकहरु काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला। साथै, व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो किरु जे भए पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाट ऋण लिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्ता तिर्न भनी कुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिक भएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको थिएँ।’
हिरासत कक्षको पाँच नम्बर कोठाबाट छुटिदै गर्दा
‘म जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीबाट भएको गैरकानूनी क्रियाकलापप्रति सम्माननीय प्रधानमन्त्रीज्यू र महान्यायाधीवक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यायका कयौं सीमारेखा पार भइसके, सत्यमाथि शक्ति प्रदर्शन बन्द होस्। मलाई न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।’
आज काठमाडौँ ल्याइँदै
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । पोखराको सूर्य दर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो । जहाजबाट काठमाडौँ ल्याउने तयारी भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले यही मङ्सिर २ मा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । बयान सकिएपछि लामिछानेलाई पुनः कास्की नै लगिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो। प्रहरीका अनुसार,...
काठमाडौं, १ वैशाख । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रेम सम्बन्धमा रहेका जोडीहरूले सहमतिमा गरेको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी नमान्ने निर्णय गरेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४...
काठमाडौं, २९ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ परेको खबरले नेपालमा तरंग ल्यायो । चैत १५ को तीनकुने प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा फरार प्रसाईँ भारतमा लुकेको...
काठमाडौँ, २७ चैत । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखडस्थित गौरभ आचार्यको घरमा लागुऔषध सेवन भइरहेको गोप्य सूचनाका आधारमा इलाका...