भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाण्डौको शंखरापुरमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

काठमाण्डौको शंखरापुरमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

काठमाण्डौ, २४ पुष । काठमाण्डौको शंखरापुर नगरपालिका–३ मा हिजो बेलुकी भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाण्डौ पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको ज्यान गएको हो । अर्का एक जनाको नाम ठेगाना खुल्न बाँकी छ ।

जर्सीपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको बस शंखरापुरको फेदी जंगलमा सडकबाट करिब एकसय मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेहरूको शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल र शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.