भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

अमेरिकाले ३१ राष्ट्रसंघीय निकायसहित ३५ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने निर्णय गर्‍यो

अमेरिकाले ३१ राष्ट्रसंघीय निकायसहित ३५ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने निर्णय गर्‍यो

काठमाडौँ, २४ पुष । अमेरिकाले ३१ वटा संयुक्त राष्ट्रसंघसँग सम्बन्धित निकायसहित ३५ वटा अन्तर्राष्ट्रिय गैर–सरकारी तथा अन्तर–सरकारी संस्थाबाट बाहिरिने निर्णय गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार उक्त निर्णयसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। ह्वाइट हाउसद्वारा जारी वक्तव्यअनुसार ती संस्थाहरू ‘अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन’ भइरहेको ठहर गर्दै अमेरिका ती निकायबाट अलग हुने निर्णयमा पुगेको हो।

ह्वाइट हाउसले ती निकायहरूले उग्र जलवायु नीति, विश्वव्यापी शासन प्रणाली (ग्लोबल गभर्नेन्स) र अमेरिकी सार्वभौमिकता तथा आर्थिक शक्तिसँग असंगत वैचारिक कार्यक्रमहरू अघि बढाउँदै आएको आरोप लगाएको छ।

यद्यपि, अमेरिका कुन–कुन संस्थाबाट बाहिरिँदै छ भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। वक्तव्यमा उल्लेख भएअनुसार अमेरिकाले हाल सदस्यता लिएका वा पक्ष रहेका सबै अन्तर्राष्ट्रिय अन्तर–सरकारी संगठन, सम्मेलन तथा सन्धिहरूको समग्र समीक्षा गरेपछि यो निर्णय लिएको हो।

‘यी संस्थाहरूबाट बाहिरिँदा अमेरिकी करदाताको रकमबाट समर्थन हुँदै आएको विश्ववादी एजेन्डालाई रोक्न मद्दत पुग्नेछ,’ ह्वाइट हाउसले जनाएको छ। साथै, महत्त्वपूर्ण अन्तर्राष्ट्रिय विषयलाई अक्षम वा अहंकारी ढंगले सम्बोधन गर्ने निकायहरूमा जाने अमेरिकी करदाताको पैसा अब अन्य प्राथमिकतामा प्रयोग गर्न सकिने पनि वक्तव्यमा उल्लेख छ।

यस निर्णयले अमेरिकाको अन्तर्राष्ट्रिय कूटनीति र बहुपक्षीय संस्थाहरूसँगको सम्बन्धमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.