भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

मलङ्गवा, २० माघ । सर्लाही जिल्ला प्रशासन कार्यालयले इतिहासमै पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । सोमबार लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनको आधारमा नागरिकता जारी गरिएको हो । बाबु विदेशी र आमा नेपाली भएका गुप्ताले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नागरिकता प्राप्त गरेका हुन् ।

योसँगै अब सर्लाही जिल्लामा बाबुको पहिचान नभएका वा विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका सन्तानले पनि नागरिकता पाउने बाटो खुलेको छ । ऐन संशोधनपछि जिल्लाका २० वटै पालिकामा यससम्बन्धी परिपत्र गरिसकिएको प्रशासनले जनाएको छ ।

नागरिकताविहीन समस्या समाधान हुने अपेक्षा

प्रमुख जिल्ला अधिकारी कँडरियाले नागरिकता नहुँदा शिक्षा र सीप भएर पनि रोजगारी, बैंक खाता खोल्न तथा सिमकार्ड लिन नसक्ने समस्यामा रहेका युवाहरूलाई अब राहत पुग्ने विश्वास व्यक्त गरे । प्रशासनको यो कदमले जिल्लामा रहेका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

लामो समयको सङ्घर्षपछि नागरिकता पाएका राम मनोहर गुप्ताले आफू आधिकारिक रूपमा नेपाली नागरिक बनेकोमा खुसी व्यक्त गरे । नेपालको भूमिमा जन्मिएर पनि नेपाली भएको प्रमाणित गर्न निकै कठिन सङ्घर्ष गर्नुपरेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.