भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

मलङ्गवा, २० माघ । सर्लाही जिल्ला प्रशासन कार्यालयले इतिहासमै पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । सोमबार लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनको आधारमा नागरिकता जारी गरिएको हो । बाबु विदेशी र आमा नेपाली भएका गुप्ताले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नागरिकता प्राप्त गरेका हुन् ।

योसँगै अब सर्लाही जिल्लामा बाबुको पहिचान नभएका वा विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका सन्तानले पनि नागरिकता पाउने बाटो खुलेको छ । ऐन संशोधनपछि जिल्लाका २० वटै पालिकामा यससम्बन्धी परिपत्र गरिसकिएको प्रशासनले जनाएको छ ।

नागरिकताविहीन समस्या समाधान हुने अपेक्षा

प्रमुख जिल्ला अधिकारी कँडरियाले नागरिकता नहुँदा शिक्षा र सीप भएर पनि रोजगारी, बैंक खाता खोल्न तथा सिमकार्ड लिन नसक्ने समस्यामा रहेका युवाहरूलाई अब राहत पुग्ने विश्वास व्यक्त गरे । प्रशासनको यो कदमले जिल्लामा रहेका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

लामो समयको सङ्घर्षपछि नागरिकता पाएका राम मनोहर गुप्ताले आफू आधिकारिक रूपमा नेपाली नागरिक बनेकोमा खुसी व्यक्त गरे । नेपालको भूमिमा जन्मिएर पनि नेपाली भएको प्रमाणित गर्न निकै कठिन सङ्घर्ष गर्नुपरेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.