भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन

एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन

भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन कार्यक्रम सम्पन्न भएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएका कार्यक्रममा उहाँले सफल खेलाडीहरूलाई फूलमाला र प्रकाशनहरूमार्फत सम्मान गर्दै बधाई दिनुभयो। उहाँले खेलमा जस्तै पढाइमा पनि खेलाडीहरूले निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिँदै, एसईईपछि आफ्नो रुचि र देशको आवश्यकतालाई विचार गरेर विषय छनोट गर्न सुझाव दिनुभयो।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुदसँगै शैक्षिक विकासमा पनि उत्तिकै प्राथमिकता दिएको बताउँदै छात्रवृत्तिको व्यवस्था तथा नगरका गुणस्तरीय विद्यालय र कलेजहरूमा अध्ययन गर्न प्रेरित गर्नुभयो। उहाँले भक्तपुर नगरपालिका आफ्नै लगानीमा कलेज स्थापना र सञ्चालन गर्ने पहिलो स्थानीय तह रहेको जानकारी दिँदै यसको अनुभव देशभरका पालिकाहरूका लागि प्रेरणादायी भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले अध्ययनशील खेलाडीहरूले देश तथा विदेशमा अवसर पाउने सम्भावना प्रवल हुने भन्दै उच्च शिक्षातर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो। वडा नं. १ का वडाध्यक्ष एवं आयोजक समितिका संयोजक श्यामकृष्ण खत्रीले हरेक वर्ष खेलकुद बजेटमा वृद्धि गर्दै आएको जानकारी दिँदै खेलाडीहरूलाई अनुशासित र लक्ष्यप्रति समर्पित हुन सुझाव दिनुभयो।

समितिका सदस्य एवं कार्यपालिका सदस्य सुनिता आवालले विद्यालय स्तरीय खेलकुद प्रतियोगितामार्फत विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै खेलकुदतर्फ आकर्षित गरिँदै आएको जानकारी दिइन्।

समितिका अर्की सदस्य रञ्जना त्वातीले पनि सबै एसईई उत्तीर्ण खेलाडीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो। कार्यक्रमले खेल र शिक्षालाई सँगसँगै अघि बढाउन प्रेरणा दिने उद्देश्य राखेको आयोजक समितिले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.