भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।

जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश दिएको हो । प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको ‘फरेन्सिक’ परीक्षणका लागि पठाइएको र त्यो रिपोर्ट आउन बाँकी रहेकाले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला सरकारी वकिलमार्फत् अदालतमा मागसहित पेस गरेको थियो ।

अध्यक्ष सिरोहियाको पक्षमा अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी तथा किशोर पौडेलले बहस गरेका छन् । न्यायाधीश यदुराज शर्माको एकल इजलासले अध्यक्ष सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषामा थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.