भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास

सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास

काठमाडाैं, ६ जेठ ।  देशभर नेवार समुदायले सिथि नखः पर्व विशेष उत्साहका साथ मनाएका छन्। पर्वको अवसरमा टोल–टोलमा रहेका इनार, ढुंगेधारा, कुवा र पोखरी सफा गर्ने परम्परा पालना गरिएको छ।

यो पर्व नेवार समुदायको मौलिक सांस्कृतिक चाडमध्ये एक मानिन्छ, जसमा अन्य चाडजस्तै भोज र पूजा मात्र नभई पानीका परम्परागत स्रोतहरूको सरसफाइलाई मुख्य गतिविधि बनाइन्छ।

टोलवासीहरू मिलेर सामूहिक रूपमा पानीका मुहान सफा गर्ने परम्परा लामो समयदेखि चलिआएको छ। वर्षा याम सुरु हुनुअघि पर्ने यस पर्वमा पानीका स्रोतहरूको संरक्षण र सफाइलाई विशेष महत्व दिइन्छ।

जनविश्वास अनुसार सिथि नखःका दिन इनार, कुवा र ढुंगेधारा सफा गरेपछि वर्षभरि पानीको अभाव नहुने विश्वास रहँदै आएको छ। सफा गरिएका पानीका स्रोतलाई केही दिन प्रयोग नगरी चार दिनपछि पूजा गरेर मात्र प्रयोग गर्ने परम्परा पनि छ।

पर्वका अवसरमा मास, मुगी, केराउलगायतका दाल तथा बारा, चटामरी, पापड, मालपुवा र म्हुछ्यामारी जस्ता परम्परागत परिकारहरू बनाएर खाने चलन छ।

 


Thali Mobile Pvt.Ltd.