भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास

सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास

काठमाडाैं, ६ जेठ ।  देशभर नेवार समुदायले सिथि नखः पर्व विशेष उत्साहका साथ मनाएका छन्। पर्वको अवसरमा टोल–टोलमा रहेका इनार, ढुंगेधारा, कुवा र पोखरी सफा गर्ने परम्परा पालना गरिएको छ।

यो पर्व नेवार समुदायको मौलिक सांस्कृतिक चाडमध्ये एक मानिन्छ, जसमा अन्य चाडजस्तै भोज र पूजा मात्र नभई पानीका परम्परागत स्रोतहरूको सरसफाइलाई मुख्य गतिविधि बनाइन्छ।

टोलवासीहरू मिलेर सामूहिक रूपमा पानीका मुहान सफा गर्ने परम्परा लामो समयदेखि चलिआएको छ। वर्षा याम सुरु हुनुअघि पर्ने यस पर्वमा पानीका स्रोतहरूको संरक्षण र सफाइलाई विशेष महत्व दिइन्छ।

जनविश्वास अनुसार सिथि नखःका दिन इनार, कुवा र ढुंगेधारा सफा गरेपछि वर्षभरि पानीको अभाव नहुने विश्वास रहँदै आएको छ। सफा गरिएका पानीका स्रोतलाई केही दिन प्रयोग नगरी चार दिनपछि पूजा गरेर मात्र प्रयोग गर्ने परम्परा पनि छ।

पर्वका अवसरमा मास, मुगी, केराउलगायतका दाल तथा बारा, चटामरी, पापड, मालपुवा र म्हुछ्यामारी जस्ता परम्परागत परिकारहरू बनाएर खाने चलन छ।

 


Thali Mobile Pvt.Ltd.