भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य

राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी नयाँ मार्गदर्शन–२०८३ जारी गरेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको उक्त मार्गदर्शन ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूमा लागू हुने जनाएको छ।

मार्गदर्शनअनुसार अब संस्थाका सञ्चालक समितिले सीईओ नियुक्त गर्दा नै उनीहरूको वार्षिक तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी विवरण स्पष्ट रूपमा सम्झौतापत्रमा उल्लेख गर्नुपर्नेछ।

यसका साथै सीईओको पारिश्रमिक निर्धारणलाई व्यवस्थित र एकरूप बनाउन स्वतन्त्र सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय ‘तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समिति’ गठन अनिवार्य गरिएको छ। समितिमा थप दुई जना सञ्चालक सदस्य रहने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार उक्त समितिले सीईओको योग्यता, संस्थाको पूँजी प्रतिफल, व्यवसायको आकार, सञ्चालन मुनाफा तथा कर्मचारीबीचको पारिश्रमिक अन्तरलाई आधार मानेर मात्र पारिश्रमिक सिफारिस गर्नेछ।

यो मार्गदर्शनले बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, सुशासन र पारिश्रमिक प्रणालीमा एकरूपता कायम गर्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.