भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बु, १२ कार्तिक । सोलुखुम्बुको लबुचे क्षेत्रमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।

दुर्घटना बुधबार बिहान भएको हो। हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नभएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

उनका अनुसार पाइलट सकुशल रहेका छन् र हेलिकप्टरमा सामान्य क्षति पुगेको जनाइएकाे छ । घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मी पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.