भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बु, १२ कार्तिक । सोलुखुम्बुको लबुचे क्षेत्रमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।

दुर्घटना बुधबार बिहान भएको हो। हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नभएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

उनका अनुसार पाइलट सकुशल रहेका छन् र हेलिकप्टरमा सामान्य क्षति पुगेको जनाइएकाे छ । घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मी पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.