भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी राष्ट्रपति ट्रम्प र जापानका प्रधानमन्त्री ताकाइचीबीच महत्त्वपूर्ण सम्झौता।

अमेरिकी राष्ट्रपति ट्रम्प र जापानका प्रधानमन्त्री ताकाइचीबीच महत्त्वपूर्ण सम्झौता।

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री सानार्ई ताकाइची बीच व्यापार र दुर्लभ खनिजसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ।

ट्रम्पको जापान भ्रमणको क्रममा भएको भेट र सम्झौतालाई ताकाइचीका लागि प्रारम्भिक कूटनीतिक परीक्षा मानिएको बीबीसीले उल्लेख गरेको छ। भेटपछि दुवै नेताले दुई देशबीचको सम्बन्धलाई ‘सुनौलो युगमा प्रवेश गरेको’ घोषणा गरेका छन्।

सम्झौताअनुसार, जापानबाट अमेरिकातर्फ हुने निर्यातमा १५ प्रतिशत शुल्क लागू हुनेछ। यो पहिलेदेखि सहमति भए पनि आज मात्र अन्तिम रूप दिइएको हो।

भेटका क्रममा ट्रम्पले सन् १९७७ देखि १९८३ बीच उत्तर कोरियाद्वारा अपहरण गरिएका जापानी नागरिकका परिवारसँग पनि भेट गर्नुभएको थियो। जापान भ्रमणपछि राष्ट्रपति ट्रम्प दक्षिण कोरियातर्फ प्रस्थान गर्नुहुनेछ, जहाँ उहाँको भेट चीनका राष्ट्रपति सी जिनपिङसँग तय गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.