भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

रेमाल आँधीका कारण भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा कहर

रेमाल आँधीका कारण भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा कहर

एजेन्सी । रेमाल नामको आँधीका कारण १६ जनाको मृत्यु भएको छ । भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा आएको उक्त आँघीका कारण १६ जनाको मृत्यु भएको हो । बंगलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु हुँदै आइतबार आएको आँधीले अर्को दिन कमजोर बनाएको थियो।

उक्त क्षेत्रमा ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो क्षेत्र जलमग्न भएको थियो। आइतबार साँझ आएको रेमाल आँधीका कारण करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय अधिकारीहरुका अनुसार ३६ लाख बालबालिकासहित करिब ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन्।

आँधीले बंगलादेशको कुआकाटा समुद्र तटमा रहेको एक बजार तहसनहस पारेको छ। छिमेकी मुलुक भारतमा पश्चिम बङ्गाल राज्य सरकारका वरिष्ठ अधिकारी सुमित गुप्ताले करेन्ट लागेर तीनसहित कम्तीमा छ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्।

बङ्गलादेशका विपद्मन्त्री मोहिबबुर रहमानले चक्रवातका कारण कम्तीमा १० जनाको मृत्यु भएको जनाएका छन्। कोही डुबेर मरेका छन् भने कोही भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएका छन्।

कुल ३७ लाख ५० हजार मानिस प्रभावित भएका छन्। ३५ हजार ४ सय ८३ घर ध्वस्त भएका छन् भने १ लाख १५ हजार ९ सय ९२ घरमा क्षति पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.