भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रेमाल आँधीका कारण भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा कहर

रेमाल आँधीका कारण भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा कहर

एजेन्सी । रेमाल नामको आँधीका कारण १६ जनाको मृत्यु भएको छ । भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा आएको उक्त आँघीका कारण १६ जनाको मृत्यु भएको हो । बंगलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु हुँदै आइतबार आएको आँधीले अर्को दिन कमजोर बनाएको थियो।

उक्त क्षेत्रमा ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो क्षेत्र जलमग्न भएको थियो। आइतबार साँझ आएको रेमाल आँधीका कारण करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय अधिकारीहरुका अनुसार ३६ लाख बालबालिकासहित करिब ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन्।

आँधीले बंगलादेशको कुआकाटा समुद्र तटमा रहेको एक बजार तहसनहस पारेको छ। छिमेकी मुलुक भारतमा पश्चिम बङ्गाल राज्य सरकारका वरिष्ठ अधिकारी सुमित गुप्ताले करेन्ट लागेर तीनसहित कम्तीमा छ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्।

बङ्गलादेशका विपद्मन्त्री मोहिबबुर रहमानले चक्रवातका कारण कम्तीमा १० जनाको मृत्यु भएको जनाएका छन्। कोही डुबेर मरेका छन् भने कोही भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएका छन्।

कुल ३७ लाख ५० हजार मानिस प्रभावित भएका छन्। ३५ हजार ४ सय ८३ घर ध्वस्त भएका छन् भने १ लाख १५ हजार ९ सय ९२ घरमा क्षति पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.