भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी

अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी

काठमाण्डौ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको छ ।

डिसेम्बर आठ तारिख अर्थात अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । महीनावारीलाई विभेद र छुवाछुत नभई अब मानवअधिकारको दृष्टिकोणबाट बुझ्नुपर्नेमा अधिकारकर्मीहरुको जोड छ ।

महिनावारीसँग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद, दुव्र्यवहार वा हिंसामुक्त अवस्था नै मर्यादित महिनावारी हो । यस वर्षको नारा ‘यौन तथा प्रजनन् स्वास्थ्य अधिकारः मर्यादित महिनावारी हो आधार’ भन्ने रहेको छ ।

मर्यादित महिनावारी दिवसको यस वर्ष छैटौँ संस्करण हो । नेपाल सरकारले २०१७ मा मर्यादित महिनावारी नीति २०७४ (मस्यौदा) तयार गरी काम गरेको छ । महिनावारी प्राकृतिक अवस्था भए पनि निषेध, विभेद र बार्नुपर्ने कुराहरु अभ्यासमा छन् ।

यस्ता अभ्यासहरूले महिनावारी हुने व्यक्तिको सशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगारलगायतमा अल्पकालीन र दीर्घकालीन रुपमा असर पार्दै आएको छ ।

मर्यादित महिनावारीमा सामान्यतया २५ दिन र ५ दिनमा कुनै पनि किसिमको विभेद, हिंसा, हुनु हुँदैन । मर्यादित महिनावारीले हाम्रो वरपर भएका अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.