भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी

अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी

काठमाण्डौ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको छ ।

डिसेम्बर आठ तारिख अर्थात अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । महीनावारीलाई विभेद र छुवाछुत नभई अब मानवअधिकारको दृष्टिकोणबाट बुझ्नुपर्नेमा अधिकारकर्मीहरुको जोड छ ।

महिनावारीसँग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद, दुव्र्यवहार वा हिंसामुक्त अवस्था नै मर्यादित महिनावारी हो । यस वर्षको नारा ‘यौन तथा प्रजनन् स्वास्थ्य अधिकारः मर्यादित महिनावारी हो आधार’ भन्ने रहेको छ ।

मर्यादित महिनावारी दिवसको यस वर्ष छैटौँ संस्करण हो । नेपाल सरकारले २०१७ मा मर्यादित महिनावारी नीति २०७४ (मस्यौदा) तयार गरी काम गरेको छ । महिनावारी प्राकृतिक अवस्था भए पनि निषेध, विभेद र बार्नुपर्ने कुराहरु अभ्यासमा छन् ।

यस्ता अभ्यासहरूले महिनावारी हुने व्यक्तिको सशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगारलगायतमा अल्पकालीन र दीर्घकालीन रुपमा असर पार्दै आएको छ ।

मर्यादित महिनावारीमा सामान्यतया २५ दिन र ५ दिनमा कुनै पनि किसिमको विभेद, हिंसा, हुनु हुँदैन । मर्यादित महिनावारीले हाम्रो वरपर भएका अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.