भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सनु र नगदसहित कैलालीबाट तीन जना पक्राउ

सनु र नगदसहित कैलालीबाट तीन जना पक्राउ

काठमाण्डौ । कैलालीबाट तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका वडा नम्बर–१० का महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका वडा नम्बर–११ का महेश सुनार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेपलगाएका भाँडाकुँडा समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका वडा नम्बर–५ मा रहेको कौवाखेडा सीमा ईलाकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.