भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सनु र नगदसहित कैलालीबाट तीन जना पक्राउ

सनु र नगदसहित कैलालीबाट तीन जना पक्राउ

काठमाण्डौ । कैलालीबाट तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका वडा नम्बर–१० का महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका वडा नम्बर–११ का महेश सुनार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेपलगाएका भाँडाकुँडा समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका वडा नम्बर–५ मा रहेको कौवाखेडा सीमा ईलाकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.