भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

ससुराली पुगेका युवकद्वारा पत्नीको हत्या, आत्महत्यासमेत

ससुराली पुगेका युवकद्वारा पत्नीको हत्या, आत्महत्यासमेत

विराटनगर, २० माघ । मोरङको रंगेली नगरपालिका – ५ मा एक युवकले ससुराली घरमै पत्नीको हत्या गरी आत्महत्यासमेत गरेका छन् । प्रहरीका अनुसार मंगलबार बिहान करिब २ : ४५ बजे रंगेली–५ धनपट्टीमा घटना भएको हो । रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डल ससुराली पुगेका बेला २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट अम्बिकाकुमारी मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पत्नीको हत्या गरेपछि मुकेशले सोही चक्कुले आफ्नै घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मुकेशको पनि घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.