भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

काभ्रेपलाञ्चोकका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस सेवा प्रभावकारी

काभ्रेपलाञ्चोकका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस सेवा प्रभावकारी

काभ्रेपलाञ्चोक, २० माघ । गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा काभ्रेपलाञ्चोक जिल्लामा प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि सुरु भएको उक्त सेवाबाट पाँच महिनाको अवधिमा चार हजार १७७ जनाले नागरिकता प्राप्त गरेका छन् ।

जिल्लाका सबै १३५ वडाबाट एकैसाथ अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस सुरु गरिएको हो । वडाले आवश्यक कागजात स्क्यान गरी अनलाइन अपलोड गरेपछि सेवाग्राही जिल्ला प्रशासन कार्यालय पुगेर सोही सिफारिसका आधारमा द्रुतगतिमा नागरिकता सेवा लिँदै आएका छन् । अनलाइन प्रणालीमार्फत फाइल कोडका आधारमा विवरण प्रविष्ट गरेलगत्तै नागरिकता प्रिन्ट हुने व्यवस्था गरिएको छ । वडाबाट अपलोड गरिएका विवरण, सनाखतकर्ताको पूर्ण विवरण र कागजातहरू डिजिटल रूपमा सुरक्षित राखिने हुँदा अभिलेख व्यवस्थापन सहज बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनलाइन सिफारिस सेवाले एउटै काम पटक–पटक गर्नुपर्ने झन्झट अन्त्य गर्नुका साथै विवरणमा एकरुपता ल्याएको छ। झुटा विवरण पेस गरी नागरिकता लिन खोज्नेहरूका लागि भने यो प्रणाली चुनौतीपूर्ण बनेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजु शर्माका अनुसार डिजिटल अभिलेखका कारण त्रुटि न्यून हुँदै समय र स्रोतको बचत भएको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकता सेवामा झन्झट कम गर्न अनलाइन प्रणाली प्रभावकारी बनेको बताए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा चार हजार ३६१ जनाले नयाँ नागरिकता लिएका छन् भने पाँच हजार ४९२ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । यस अवधिमा २५ जनाले नागरिकता परित्याग गरेका छन् भने १८ जनाले गैरआवासीय नागरिकता लिएका छन् । चार जनाको नागरिकता रद्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.