भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

तराई तथा मधेशका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो

तराई तथा मधेशका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो

काठमाण्डौ,  २३ पुस ।  तराई तथा मधेशका धेरैजसो क्षेत्रमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका प्रायः सबै ठाउँमा हुस्सु र कुहिरो कायमै रहेको छ र दिउँसोसम्म पनि पूर्ण रूपमा नहट्ने सम्भावना छ।

हुस्सु र कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक असर पर्ने महाशाखाले जनाएको छ। यसका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। तराई क्षेत्रमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ।

चिसो मौसमका कारण विशेष गरी विपन्न वर्ग र मजदुरहरू बढी मर्कामा परेका छन्। चिसो बढेसँगै बालबालिका तथा वृद्धवृद्धामा रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या बढ्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ। हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.