भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सामाजिक सद्भाव कायम राख्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर

सामाजिक सद्भाव कायम राख्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर

काठमाण्डौ, २३ पुस । गृह मन्त्रालयले तराई–मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने गरी भएका घटनालाई ध्यानमा राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ ।

सर्कुलरमार्फत जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न गरिएका पहल र त्यसको प्रगति विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ । गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा हिजो निकालिएको निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीलाई कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलापमा संलग्न जो–कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन भनिएको छ ।

सर्कुलरको बुँदा नम्बर २ मा धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवद्र्धन गर्न सरोकारवालासहित समन्वय बैठक आयोजना गर्न निर्देशन दिइएको छ । यसका लागि जिल्लामा रहेका राजनीतिक दलका प्रमुख, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवालाई सहभागिता गराई सामाजिक सद्भावका लागि सार्वजनिक आह्वान गर्न भनिएको छ ।

त्यस्तै, सबै पक्षको सहभागितामा सद्भाव र्याली आयोजना गरी यस्ता घटनाहरू दोहोरिन नदिन र सीमा क्षेत्रमा हुने आवागमनमा कडाइका साथ जाँच–पड्तालको व्यवस्था मिलाउन पनि सर्कुलरमा उल्लेख छ । स्थानीयस्तरमा विभिन्न सञ्चारमाध्यम प्रयोग गरी स्थानीय भाषामै सामाजिक सद्भाव अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गर्न तथा प्रदेश र स्थानीय तहमा समन्वयात्मक एवम् प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनमा जोड दिन निर्देशन दिइएको छ ।

बुँदा नम्बर ७ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी सक्रिय बनाइनेछ । समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्लामा रहेका राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष, नेपाल बार एशोसिएसनका जिल्ला अध्यक्ष, जिल्ला समन्वय समितिले तोकेको प्रतिनिधि तथा सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रका अगुवा सदस्य रहने व्यवस्था गरिएको छ ।

साथै, विगतका वर्षमा भएका घटनाको अभिलेखका आधारमा विवाद उत्पन्न हुन सक्ने सम्भावित कार्यक्रम तथा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर निर्माण गर्ने कार्य गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ ।

यसैबीच धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको पर्साको वीरगञ्जको अवस्था सामान्य बनेको छ । हिजो बसेको सर्वपक्षीय एवम् सर्वदलीय बैठकपछि कर्फ्यू हटाइएको छ । भने धार्मिक एवम् सामाजिक सद्भाव बिथोल्ने गतिविधि हुन नदिन स्थायी सद्भाव संयन्त्र गठन भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.