भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

निश्चिन्त भई खोप लगाइदिन अभिभावकलाई संघको आग्रह

निश्चिन्त भई खोप लगाइदिन अभिभावकलाई संघको आग्रह

काठमाडौँ । नेपाल चिकित्सक संघ निश्चिन्त भई खोप लगाउन आग्रह गरेको छ । खोप विश्व स्वास्थ्य संगठनद्वारा गुणस्तरयुक्त प्रमाणित गरिएको भएकाले ढुक्क भएर लगाउँन संघले आग्रह गरेको हो ।

सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ माघ २२ गतेदेखि फाल्गुण ०६ गतेसम्म देशव्यापी रूपमा एचपीभी खोप अभियान संचालन गरिरहेको छ ।

यस अभियानमा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप दिने काम भइरहेको छ । नेपालमा क्यान्सरबाट महिलाहरूको मृत्यु हुने प्रमुख कारणमा पाठेघरको मुखको क्यान्सर पहिलो देखिएको छ । पछिल्लो तथ्यांक अनुसार यो रोगबाट हरेक दिन सरदार ४ जना महिलाहरूको मृत्यु हुने गरेको छ ।

नेपालमा यसको प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको हुनाले निश्चिन्त भई बालिकाहरूलाई खोप लगाइदिन अभिभावकलाई संघले आग्रह गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.