भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

सतर्क हुन महाशाखाको आग्रह, तीन दिन पानी पर्ने

सतर्क हुन महाशाखाको आग्रह, तीन दिन पानी पर्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । विहीबारदेखि तीन दिन पानी पर्ने महाशाखाले जनाएको हो ।

कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध गरेको छ । देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले मुसुरो, गहुँ लगायत बाली काट्ने भए मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न महाशाखाले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.