भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

अमेरिकालाई चीनको जवाफ व्यापार युद्ध लड्ने चेतावनी

अमेरिकालाई चीनको जवाफ व्यापार युद्ध लड्ने चेतावनी

एजेन्सी । चीनले व्यापार युद्ध लड्न नडराउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउने कुरा चीनमा निर्भर रहेको बताएपछि चीनले अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चेतावनी दिएको हो ।

ट्रम्पले शुरूमा फेन्टानिल आपूर्तिमा चीनको भूमिका रहेको दाबी गर्दै चीनबाट आयात हुने सामानमा कर लगाएका थिए । त्यसयता ट्रम्पले चीनबाट आउने धेरैजसो सामानमा थप १४५ प्रतिशत आयात कर लगाएका छन् । चीनले पनि अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका वार्तामार्फत समस्या समाधानका लागि गम्भीर नभएको दाबी गर्दै अमेरिकाले शुरू गरेको व्यापार युद्ध लड्न आफूहरू नडराउने बताएका छन् । अमेरिका संवाद र वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहेमा उसले चेतावनी र ब्ल्याकमेलिङ जस्ता अत्यधिक दबावको नीति रोकेर समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्ने जियानको भनाइ छ ।

यसैबीच चीनले नयाँ व्यापार दूत नियुक्त गरेको छ । ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि तथा वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्ने चीनको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा उल्लेख छ । यसअघि उनी चीनका पूर्वसहायक वाणिज्यमन्त्री तथा विश्व व्यापार सङ्गठनका राजदूत थिए ।

अमेरिकासँगको व्यापार युद्धकै बीच चीनले गएको जनवरीदेखि मार्चसम्मको अवधिमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको तुलनामा ५ दशमलव ४ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ । यो तथ्याङ्क अपेक्षा गरिएकोभन्दा बढी हो । तर यो वृद्धि अमेरिकी भन्सार शुल्क बढ्नुअघिको हो ।

 


Thali Mobile Pvt.Ltd.