भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दियो

ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दियो

काठमाडौं । पूर्व–पश्चिम राजमार्गमा ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दिएको छ। शीतलहरले बाटो चिप्लो हुँदा नवलपरासी पश्चिमस्थित पूर्वी र पश्चिम नवलपरासीको सिमानामा रहेको दाउन्ने सडकमा चिप्लिएर ट्रक अनियन्त्रित भई तीन गाडीलाई ठक्कर दिएको हो ।

शीतलहर बढेसँगै उक्त सडकखण्डमा जोखिम बढेको छ। मंगलबार राति दुवैतर्फ सडक अवरुद्ध भएकोमा बुधबार बिहान ३ बजेदेखि एकतर्फी खुलाइएको थियो । दुर्घटना हुने जोखिम बढेपछि पुनः राजमार्गमा सवारी साधन आवागमन बन्द गरिएकोमा दिउँसो खुलाइएको छ ।

सडक खण्डमा नारायणढबाट भैरहवातर्फ गैरहेको लु २ ख ५९८२ नम्बरको ट्रकले विपरीत र सोही दिशामा गुडिरहेका तीन सवारीसाधनलाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट ट्रक, मिनी ट्रक र कन्टेनरमा क्षति पुगेको छ।

यद्यपि अहिले भने ठक्कर खाएका सवारीलाई पन्छाएर सडक एकतर्फी खुलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.