भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

कर्णालीमा १७ सयभन्दा साना उद्योग दर्ता

कर्णालीमा १७ सयभन्दा साना उद्योग दर्ता

सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा ती उद्योग दर्ता भएका हुन् । सबैभन्दा धेरै सुर्खेतमा ६७६ वटा उद्योग दर्ता भएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको तथ्याङ्क छ ।

यस्तै दैलेखमा १५६, जाजरकोटमा १५३, जुम्लामा २०४, कालिकोटमा १२२, मुगुमा १११, सल्यान र रुकुम पश्चिममा १०० र डोल्पामा ९३ वटा लघु, घरेलु तथा साना उद्योग समीक्षा वर्षमा दर्ता भएका छन् । कर्णालीमा दर्ता भएका लघु, घरेलु तथा साना उद्योगको संख्या ३८ हजार २८४ पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा दर्ता भएका लघु, घरेलु तथा साना उद्योगको उपयोग क्षमता नै कमजोर छ । जसका कारण प्रदेशको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान पनि न्यून छ ।

 


Thali Mobile Pvt.Ltd.