भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

टिका पुनको ‘सोल्टिज्यु सम्झिन्नौ मैले झैँ’ गीतले चर्चा बटुल्दै, डिजिटल प्लेटफर्ममा भाइरल बन्दै

टिका पुनको ‘सोल्टिज्यु सम्झिन्नौ मैले झैँ’ गीतले चर्चा बटुल्दै, डिजिटल प्लेटफर्ममा भाइरल बन्दै

काठमाडौं । नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा चर्तित गायिका तथा संगीतकर्मी टिका पुनको नयाँ झ्याउरे लोकदोहोरी गीत ‘सोल्टिज्यु सम्झिन्नौ मैले झैँ’ ले छोटो समयमै उल्लेखनीय सफलता हात पारेको छ। गीत सार्वजनिक भएको केही दिनमै १ लाखभन्दा बढी दर्शक तथा श्रोताको मन जित्दै, यो गीत डिजिटल प्लेटफर्ममा भाइरल बन्न पुगेको छ।

देशका विभिन्न भूगोलदेखि विदेशमा बसोबास गर्ने नेपाली समुदायसम्म गीतको लोकप्रियता फैलिएको हो । गीतमा समेटिएको मायालु संवाद, झ्याउरे रिदम, मौलिक शब्द, र सांगीतिक गहिराइ दर्शकको मन छुने खालको बनेको छ । स्वरमा टिका पुनसँगै करिश्मा घर्ती, करिश्मा बीसी, जमुना विश्वकर्मा, लक्ष्मी राना, जय देवकोटा, कृष्ण रेउले, देवी बस्नेत, सुकदेव अधिकारी, धनराज चुनारा, भगिरथ चालौने लगायतको उत्कृष्ट प्रस्तुति रहेको छ।

गीतको शब्द, संगीत र संगीत संकलन स्वयं गायिका टिका पुनकै रहेको छ भने संगीत संयोजन खेमराज गौतमले गरेका छन्। भिडियो निर्माण पक्षमा, निर्देशक याम गुरुङको संयोजनमा कलाकारहरू याम गुरुङ, अनी पुन, दिलु सुनार, निसु श्रीपाली, सुनील रेग्मी, कमल नेपालीलगायतले अभिनय गरेका छन्।

सम्पादन शिव पौडेलले, क्यामेरा सञ्चालन करण छैसर एण्ड टिमले गरेका छन् भने, पोस्ट प्रोडक्सन उमंग फिल्म्स नेपालले सम्पन्न गरेको हो।

 


Thali Mobile Pvt.Ltd.