भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

दैलेखको राकममा अछाम जोड्ने पुल निर्माणमा तीव्रता, स्थानीय खुशी

दैलेखको राकममा अछाम जोड्ने पुल निर्माणमा तीव्रता, स्थानीय खुशी

दैलेख । दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं ४ अन्तर्गत पर्ने राकम कर्णाली क्षेत्रमा अछाम र दैलेखलाई सिधा जोड्ने महत्वपूर्ण पुलको निर्माण कार्यले पुनः तीव्रता पाएको छ। लामो समयदेखि रोकिएको यो परियोजनाले हाल गति लिएसँगै, स्थानीयवासीको अनुहारमा आशा र उत्साह झल्किन थालेको हो ।

Construction of bridge connecting

यो पुल सम्पन्न भएमा दैलेख–अछामबीचको यात्रा दूरीमा कटौती हुने मात्र होइन, रारा ताल जान चाहने पर्यटकहरूको लागि वैकल्पिक र छोटो मार्गको रूपमा राकम कर्णालीलाई प्रस्तुत गर्न सकिने छ। यस क्षेत्रलाई “कर्णाली गेटवे” को रूपमा लिइएको छ ।

यातायातको सहजता, जीवनशैलीमा परिवर्तन

स्थानीयवासी मान बहादुर माझि भन्छन्, पहिले अछाम जान घण्टौँ हिँड्नुपर्थ्यो, सवारी साधनको विकल्प थिएन। अब यो पुल बनेपछि हाम्रो जीवन सरल बन्छ। विद्यालय, अस्पताल, बजार–सबै नजिक हुन्छन्।

Construction of bridge connecting

पुल निर्माण सम्पन्न भएपछि मात्र राकम–अछाम मार्गले पूर्ण अर्थ पाउने स्थानीय बताउँछन्। यो पुलले सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनेछ।

राकम कर्णालीः कर्णाली प्रदेशको रारा जाने गेट

राकम कर्णाली केवल एक भौगोलिक बिन्दु मात्र होइन, प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जल–थल पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र हो। कर्णाली नदीको किनार, हरियाली, मौलिक संस्कृतिले सजिएको यो भूगोललाई उचित पूर्वाधार र प्रवर्द्धनको सहारा दिइएमा स्वर्ग जस्तै रमणीय आठबीस नगरलाई सम्मृद्ध नगर बनाउने सपना साकार हुन सक्ने पर्यटन व्यवसायीहरुको भनाई रहेको छ ।

Construction of bridge connecting

राकम कर्णाली भविष्यमा आन्तरिक र बाह्य पर्यटकको प्रमुख आकर्षण बन्न सक्छ। यहाँ जलयात्रा, होमस्टे, पदयात्रा, संस्कृति र सम्भावनाका कथा–सबै रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.