भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने

विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा सहभागी हुने भएका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फाइनल खेल र पुरस्कार वितरण समारोहमा ट्रम्पसँगै उपस्थित रहने योजना रहेको पुष्टि गरेका छन् ।

फक्स न्युजसँगको कुराकानीमा इन्फान्टिनोले फाइनल खेलपछि विजेता टोलीलाई संयुक्त रूपमा ट्रफी हस्तान्तरण गरिने बताएका हुन् । उनका अनुसार आगामी जुलाई १९ मा न्यु जर्सीस्थित इस्ट रदरफोर्डमा हुने फाइनल खेलमा उनी र ट्रम्प सँगै रहनेछन् ।

राष्ट्रपति ट्रम्प यसअघि पनि सोही रंगशालामा आयोजित क्लब विश्वकपको फाइनल खेलको पुरस्कार वितरण समारोहमा सहभागी भएका थिए । उक्त खेलमा चेल्सीले पेरिस सेन्ट जर्मेनलाई ३–० ले पराजित गरेको थियो । रिपोर्टअनुसार फिफा अध्यक्ष इन्फान्टिनोले जारी विश्वकपका सकेसम्म धेरै खेलमा उपस्थित हुने प्रयास गरिरहेका छन् । उनी हालसम्म दैनिक दुई खेलसम्म हेर्दै आएका छन् ।

यद्यपि राष्ट्रपति ट्रम्पले भने जारी विश्वकपमा अहिलेसम्म कुनै पनि खेल मैदानमा पुगेर प्रत्यक्ष रूपमा खेल अवलोकन गरेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.