भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

हिउँले छपक्कै उपल्लो मुस्ताङ, छोसेर गाउँ सेताम्मे

हिउँले छपक्कै उपल्लो मुस्ताङ, छोसेर गाउँ सेताम्मे

काठमाडौँ, माघ १६ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित छोसेर गाउँ नजिकैको भन्सार कार्यालय आसपास क्षेत्र हिउँले छपक्कै ढाकिएको छ। हालै परेको हिमपातपछि छोसेर गाउँ, भन्सार कार्यालय तथा वरपरका क्षेत्र सेताम्मे देखिएका छन्।

लगातारको हिमपातका कारण उपल्लो मुस्ताङ क्षेत्रको प्राकृतिक दृश्य अझ आकर्षक देखिए पनि स्थानीय बासिन्दाको दैनिक जीवन भने प्रभावित भएको छ। बस्ती वरपर बाक्लो हिउँ जम्दा आवतजावतमा कठिनाइ बढेको छ।

स्थानीयवासीका अनुसार रातिदेखि परेको हिउँले घरका छत, बाटोघाटो र खुला स्थान पूर्ण रूपमा ढाकिएका छन्। चिसो बढेसँगै पानीका धाराहरू जम्ने, पशुपालन तथा दैनिक कामकाजमा समस्या देखिन थालेको छ।

प्रशासन तथा सुरक्षाकर्मीले हिमपातको अवस्थालाई ध्यानमा राख्दै सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन्। आवश्यक परे सहयोगका लागि सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.