भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

अमेरिकाले चीनबाट आयात हुने वस्तुमा तोकिएको भन्सार लागू नगर्ने संकेत

अमेरिकाले चीनबाट आयात हुने वस्तुमा तोकिएको भन्सार लागू नगर्ने संकेत

एजेन्सी, १० कार्तिक। अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको व्यापार तनाव अन्त्य हुने संकेत देखिएको छ। बीबीसीका अनुसार, दुवै देशले प्रारम्भिक व्यापार सम्झौताको रूपरेखामा सहमति जनाएका छन्, जसको अन्तिम घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने आगामी भेटमा गरिनेछ।

मलेसियामा सम्पन्न वार्तामा चीनले दुर्लभ पृथ्वी खनिजको निर्यातमा कडाइ गर्ने योजना एक वर्षका लागि स्थगन गर्ने निर्णय गरेको छ, जसले विश्वभरका प्रविधि र विद्युतीय उद्योगहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ। त्यसैगरी, अमेरिकाले पनि चीनबाट आयात हुने वस्तुहरूमा घोषित सय प्रतिशत भन्सार तत्काल लागू नगर्ने संकेत दिएको छ।

कृषि क्षेत्रमा पनि सकारात्मक प्रगति भएको छ। चीनले अमेरिकी सोयाबीन खरिद पुनः सुरू गर्ने तयारी गरेको छ। साथै, टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी विवादमा पनि प्रारम्भिक सहमति भएको बताइएको छ। बीबीसीका अनुसार, ट्रम्प र सीबीचको आगामी भेटमा यो सम्झौताको अन्तिम घोषणा हुने अपेक्षा गरिएको छ। दुवै देशले यसलाई व्यापार युद्धको तनाव घटाउने अवसरका रूपमा लिएका छन्।

तर, अन्तिम सम्झौता औपचारिक रूपमा सम्पन्न हुन अझै बाँकी रहेको बताइएको छ। एशिया भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षीसँग दक्षिण कोरियामा उच्चस्तरीय व्यापार वार्ता गर्ने कार्यक्रम तय भएको छ। ट्रम्पले सी जिनपिङसँगको भेटलाई “व्यापार युद्ध अन्त्य गर्ने निर्णायक क्षण” को रूपमा व्याख्या गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.