भोलि वर्षा कम, पर्सि देशभर ठूलो वर्षा र हिमपातको चेतावनी

भोलि वर्षा कम, पर्सि देशभर ठूलो वर्षा र हिमपातको चेतावनी

काठमाडौँ, १० कार्तिक । देशका विभिन्न भागमा गएराति वर्षा र हिमपात भएको छ। गण्डकीदेखि पश्चिमका केही ठाउँमा गएराति र बिहानदेखि काठमाडौँ उपत्यका लगायत देशका धेरै भू–भागमा वर्षा र हिमपात सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसम बुलेटिन अनुसार आजभन्दा भोलि वर्षा कम हुने सम्भावना रहेको छ। आज: गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मध्यम वर्षा र हिमपात; बाँकी पहाडी–हिमाली भू–भागमा हल्का वर्षा।

भोलि: कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा हल्का वर्षा र हिमपात। पर्सि (बिहीवार): कोशी र बागमतीका उच्च हिमाली भू–भागमा ठूलो हिमपात; मधेस र बागमतीका केही भू–भागमा ठूलो वर्षा।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित बाँकी पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। मौसमविद्हरूले नागरिकहरूलाई पहाडी–हिमाली क्षेत्रमा सतर्क रहन र आवश्यक तयारी गर्न अनुरोध गरेका छन्।

Mohotsav


Thali Mobile Pvt.Ltd.